कोरोनाः सोमबार पोखराका ३६ सहित गण्डकीमा थप ५४ जनामा संक्रमण, १ को मृत्यु, ७४ निको भए

Share:

पोखरा । पोखराका ३६ सहित गण्डकी प्रदेशमा सोमबार (आज) थप ५४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका ५४ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै ३६ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, मनाङका ५ जना, स्याङ्जाका ४ जना, तनहुँ र लमजुङका ३/३ जना, गोरखाका २ जना तथा पर्वतका १ जनामा पनि कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ७५३ पुगेको छ ।

यस्तै, सोमबार पोखरामा उपचाररत स्याङ्जाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

यससँगै गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या १९४ पुगेको छ ।

हालसम्म गण्डकीमा १३ हजार ७०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै गण्डकी प्रदेशभरबाट ७४ जना संक्रमणमुक्त भएका हुन् ।

हाल गण्डकीमा ८५८ सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा प्रदेशभरको प्रयोगशालामा १९३ परिक्षण भएको छ भने हालसम्म १ लाख २१ हजार ६१४ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: