भारतमा थप १६ हजार २७८ जनामा कोरोना पुष्टि

Share:

पोखरा । छिमेकी मुलुक भारतमा थप १६ हजार २७८ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ३ लाख ५७ हजार ५६९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म भारतमा ९९ लाख ७५ हजार ३४० जना निको भएका छन् । गत २४ घण्टामा २९ हजार २०९ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २०० कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४९ हजार ८८६ पुगेको छ ।

हाल भारतमा २ लाख ३२ हजार ३४३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

भारत सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: