पोखराका २४ सहित गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका २४ सहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार बिहान प्रदेशका ३ वटा जिल्लाका ३२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २४ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, नवलपुरका ७ जना र लमजुङका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. २ की ६२ वर्षीया महिला, वडा नं.४ का ५२ वर्षीय पुरुष, वडा नं.६ की ८८ वर्षीया महिला, वडा नं.७ का ५८ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, वडा नं.८ का ५६ र ८१ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं.१० की ५१ वर्षीया महिला, वडा नं.११ का ५४ वर्षीय पुरुष, वडा नं.१३ का २७ वर्षीय पुरुष, वडा नं.१४ का २३, ३०, ६१ र ६५ वर्षीय पुरुष तथा २० वर्षीया महिला, वडा नं.१७ का २५ वर्षीय पुरुष, वडा नं.१९ का ६४ वर्षीय पुरुष तथा ३५ वर्षीया महिला, वडा नं.२५ का ३८ र ५२ वर्षीय पुरुष, वडा नं.२७ का ३३ वर्षीय पुरुष, वडा नं.२९ की १९ वर्षीया महिला र वडा नं.३० की ४५ वर्षीया महिलामा कोरोना देखिएको छ ।

यस्तै, नवलपुरको देवचुली वडा नं. १७ की ४० वर्षीया महिला, गैंडाकोट वडा नं. १ का ४५ वर्षीय पुरुष, वडा नं.५ का ४३ वर्षीय पुरुष, वडा नं. १३ का ४८ वर्षीय पुरुष, वडा नं. १६ का ४९ वर्षीय पुरुष, हुप्सेकोट वडा नं. ३ का ४० वर्षीय पुरुष, मध्यविन्दु वडा नं. १० का २० वर्षीय पुरुष एवं लमजुङ कोल्हासोथार वडा नं. ४ की ६१ वर्षीया महिलामा पनि कोरोना संक्रमण भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ७८५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: