
पोखरा । कास्कीका ३६ सहित गण्डकी प्रदेशमा मंगलबार (आज) थप ५८ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ६ वटा जिल्लाका ५८ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ३६ जना रहेका छन् । तीमध्ये माछापुच्छ्रे र मादी गाउँपालिकाका एक/एक जना हुन् भने अन्य ३४ जना पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका ८ जना, नवलपुरका ७ जना, लमजुङका ४ जना, म्याग्दीका २ जना र गोरखाका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८११ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा मात्रै गण्डकी प्रदेशभरबाट १०२ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको १३ हजार ८०३ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट १९४ जनाको मृत्यु भैसकेको छ ।
हाल गण्डकीमा ८१४ सक्रिय संक्रमित रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा प्रदेशभरको प्रयोगशालामा ३२९ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २१ हजार ९४३ परिक्षण भएको छ ।
