तनहुँमा एक महिला मृत फेला

Share:

तनहुँ। तनहुँमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको व्यास नगरपालिका–१२ छिर्कने बस्ने ४२ वर्षीया दीपा जैसी मंगलबार बिहान ८ बजे आफ्नै घरदेखी १५० मिटर परको बाटोमा मृत फेरा परेकी हुन् ।

स्थानीयले जैसीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त हुनासाथ उक्त घटनास्थलमा प्रहरी टोली खटिई थप अनुसन्धान सुरु गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: