पोखराका १४ सहित गण्डकीमा थप १५ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार दिउँसो प्रदेशका कास्की र तनहुँ गरी २ वटा जिल्लाका १५ जनामा कोरोना संक्रमण भएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै १४ जना रहेका छन् भने तनहुँका एक जना छन्।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

पोखरा महानगरपालिका वडा नं.२ का ३६ वर्षीय पुरुष, वडा नं.४ का २९ र ४१ वर्षीय पुरुष तथा २५, ५२ र ८७ वर्षीया महिला, वडा नं.७ का १७ वर्षीय पुरुष, वडा नं.८ की ४८ वर्षीया महिला, वडा नं.१० का २२ वर्षीय पुरुष तथा ५३ वर्षीया महिला, वडा नं.११ का ५९ वर्षीय पुरुष, वडा नं.१४ का ७० वर्षीय पुरुष, वडा नं.१६ का ३५ वर्षीय पुरुष, वडा नं.१७ का ५९ वर्षीय पुरुष एवं तनहुँको रिसिङ वडा नं. ७ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८९१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: