म्याग्दीमा भीरबाट खसेर एक पुरुषको मृत्यु

Share:

म्याग्दी । म्याग्दीमा भीरबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको रघुगंगा गाउँपालिका–३ पौवा निवासी ६० वर्षीय टंक बहादुर शाहीको भीरबाट खसेर मृत्यु भएको हो ।

उनी आफ्नै घरदेखि अन्दाजी ४०० मिटर पर रहेको पारीचौरको भिरमा बाटोदेखि अन्दाजी १० मिटर तल खसि रुखको जरामा अड्किएको अवस्थामा मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

बिहीबार राति ट्वाईलेट जाने भनि निस्केका शाही घर नफर्केपछि खोजी गर्ने क्रममा शुक्रबार बिहान ९ बजे स्थानीयले उक्त स्थानमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: