
पोखरा । देशका केही भू–भागमा आंशिक बदली भइ अन्य क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन।
अहिले प्रदेश १ र प्रदेश २ का केहि भू–भागमा आंशिक बदली रहेको छ।
सोमबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का एक दुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेको छ भने बाँकि अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
कमेन्ट गर्नुहोस्
