
काठमाडौं, माघ १७ / तेक्वान्दो खेलाडी दीपक बिष्टले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन्।
दक्षिण एसियाली खेदुकद सागमा कीर्तिमानी चार स्वर्ण जितेका विष्टले शनिबार राजधानीमा आयोजित कार्यक्रममा झण्डै दुई दशक लामो खेल जीवनबाट विश्राम लिएको घोषणा गरेका हुन्।
![]()
२०१० मा बंगलादेशमा भएको ११ औं साग गेम्सपछि रिङमा उत्रिएका छैनन् । एसियन्स गेम्समा दुई काश्य जितेका विष्ट ओलम्पिकमा छनोट हुने दोस्रो नेपाली खेलाडी हुन्।
बाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले विष्टलाई गाडीको साँचो हस्तान्तरण गरे। साढे ३३ लाख पार्ने कारको कर सरकारले मिनाह गरेको छ भने बाँकी रकम विभिन्न संस्था र व्यक्तिले संकलन गरेका हुन्।
सन्यासपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै विष्टले नेपाली खेलकुद क्षेत्रबाट टाढा नरहने बताए।
