
पोखरा । शनिबार पोखराका ३३ सहित गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ६ वटा जिल्लाका ४० जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ३३ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, तनहुँ र स्याङ्जाका २/२ जना, बाग्लुङ, म्याग्दी र पर्वतका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.२३ वर्षीय पुरुष तथा ५७ वर्षीया महिला, वडा नं.२ का ३२ वर्षीय पुरुष, वडा नं.४ का ६७ र ७४ वर्षीय पुरुष तथा ७० वर्षीया महिला, वडा नं.५ का २८ वर्षीय पुरुष तथा ५६ वर्षीया महिला, वडा नं.६ का ५५ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, वडा नं.७ का ३२ वर्षीय पुरुष, वडा नं.८ का ५८ वर्षीय पुरुष तथा ३९ वर्षीया महिला, वडा नं.९ का ३९ र ६२ वर्षीया महिला, वडा नं.१२ का ७० वर्षीय पुरुष, वडा नं.१४ का २४ र ८६ वर्षीय पुरुष तथा २३, २४ र ३७ वर्षीया महिला, वडा नं.१५ का ६५ वर्षीय पुरुष तथा ३९ वर्षीया महिला, वडा नं.१६ का ३४, ४० र ५२ वर्षीय पुरुष तथा २५ वर्षीया महिला, वडा नं.१७ का ५७ वर्षीय पुरुष, वडा नं.१८ का ३९ वर्षीय पुरुष, वडा नं.२६ का ३५–३५ वर्षीय पुरुष तथा ३५ वर्षीया महिला, वडा नं.३२ का ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै, तनहुँ बन्दीपुर वडा नं.४ का २८ वर्षीय पुरुष, भिमाद वडा नं.४ की ३५ वर्षीया महिला, स्याङ्जा बिरुवा वडा नं.६ का ५१ वर्षीय पुरुष तथा २४ वर्षीया महिला, बाग्लुङ गल्कोट वडा नं.५ का ५३ वर्षीय पुरुष, म्याग्दी बेनी वडा नं.८ का ५१ वर्षीय पुरुष एवं पर्वत कुश्मा वडा नं.२ का ७० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार १२८ पुगेको छ ।
यस्तै, गण्डकीमा गत २४ घण्टामा थप ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यससँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४ हजार ३६३ पुगेको छ ।
हालसम्म गण्डकीमा १९७ संक्रमितको भने मृत्यु भइसकेको छ ।
हाल प्रदेशमा ५६८ जना सक्रिय संक्रमित रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा ३१६ परिक्षण भएको छ भने हालसम्म १ लाख २४ हजार ५० परिक्षण भएको छ ।
