आइतबार गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि, ५९ संक्रमणमुक्त

Share:

पोखरा । आइतबार गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ६ वटा जिल्लाका ३६ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २२ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङका ७ जना, म्याग्दीका ३ जना, तनहुँका २ जना तथा लमजुङ र पर्वतका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार १६४ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १४ हजार ४२२ पुगेको छ । गण्डकीमा अहिलेसम्म कोरोनाले १९७ जनाको मृत्यु भइसकेको छ ।

हाल प्रदेशभर ५४५ सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार प्रदेशभर गत २४ घण्टामा २६२ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २४ हजार ३१२ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: