प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आजपनि

Share:

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतम दायर भएको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा आइतबारदेखि सुरु भएको मुद्दामा आज पनि सुनुवाई हुन लागेको हो ।

यसअघि हिजो अधिवक्ता दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरले बहस गरेको थिए ।

बहसमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउन प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पुस ६ गते १३ वटा रिट निवेदन सर्वोच्चमा दर्ता भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: