मंगलबार पोखराका ३१ सहित गण्डकीमा थप ३५ जनामा कोरोना पुष्टि, ४४ संक्रमणमुक्त

Share:

पोखरा । मंगलबार पोखराका ३१ सहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका ३५ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ३१ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, म्याग्दीका २ जना तथा पर्वत र स्याङ्जाका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार २२४ पुगेको छ ।

यसैगरी गत २४ घण्टामा प्रदेशभरबाट ४४ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १४ हजार ५६८ पुगेको छ ।

अहिलेसम्म गण्डकीमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९९ पुगेको छ ।

हाल प्रदेशभर ४५७ सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा ३१४ परिक्षण भएको छ भने हालसम्म गण्डकीमा १ लाख २४ हजार ७६५ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: