बुधबार पोखराका २८ सहित गण्डकीमा थप ४१ जनामा कोरोना संक्रमण, ३ को मृत्यु पुष्टि

Share:

पोखरा । बुधबार पोखराका २८ सहित गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बुधबार दिउँसो प्रदेशका ४ वटा जिल्लाका ४१ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २८ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, तनहुँका १० जना, बाग्लुङका २ जना र पर्वत १ जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.३ का ६ वर्षीय बालक सहित ३० वर्षीय पुरुष, वडा नं.४ का ३० वर्षीय पुरुष तथा १३ वर्षीया बालिका सहित ४२ वर्षीया बालक, वडा नं.५ का ६८ वर्षीय पुरुष, वडा नं.८ का ३३ वर्षीय पुरुष, वडा नं.९ का ४८ वर्षीय पुरुष, वडा नं.१० का १३ वर्षीय बालक सहित ९१ वर्षीय पुरुष तथा ७० वर्षीया महिला, वडा नं.११ का ३२, ३५, ४१, ६८, २७ र ४९ वर्षीय पुरुष, वडा नं.१४ का ३६, ४३, ४५ र ४८ वर्षीय पुरुष, वडा नं.१७ का २९ र ५२ वर्षीय पुरुष तथा ३२ र ३८ वर्षीया महिला, वडा नं.१९ का ३६ वर्षीय पुरुष, वडा नं.२५ का २७ वर्षीय पुरुष र वडा नं.३३ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

तनहुँ शुक्लागण्डकी वडा नं.३ की ३१ वर्षीया महिला, वडा नं.४ का ६४ वर्षीय पुरुष तथा ६१ वर्षीया महिला, व्यास वडा नं.५ का ३१ वर्षीय पुरुष, भानु वडा नं.४ का ४७, ४९ र ५० वर्षीया महिला, वडा नं.९ का ४७ र ५२ वर्षीय पुरुष, भिमाद वडा नं.६ का २९ वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. २ का ३४ वर्षीय पुरुष, वडा नं.४ का २८ वर्षीय पुरुष एवं पर्वत कुश्मा वडा नं.९ का २२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार २६० पुगेको छ ।

त्यस्तै, बुधबार गण्डकीमा थप ३ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कास्की, स्याङ्जा र नवलपुरका एकएक जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको हो ।
कास्कीको पोखरा महानगरपालिकाको वडा नं २९ की ३५ वर्षीया महिलाको बुधबार बिहान ६ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

पुष २९ गते कोरोना संक्रमण पुष्टि भएको ती महिलामा कोभिडसँगै निमोनिया र हेपाटाइटिसको समस्या रहेको थियो ।

त्यसैगरी सोही प्रतिष्ठानमै उपचाररत स्याङ्जा बिरुवा गाँउपालिका– ५ की ७० वर्षीया महिलाको बुधबार बिहान ७ बजे मृत्यु छ । हिजो मंगलबार मात्रै कोरोना संक्रमणको पुष्टि भएको उनमा कोभिडसँगै निमोनियाको समस्या देखिएको थियो ।

नवलपुरको गैंडाकोट नगरपालिका वडा नं.१३ का ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।

पुष २६ गते कोरोना पुष्टि भई भरतपुर अस्पताल चितवनमा उपचाररत ती पुरुषको बुधबार साँझ ६:०५ बजे मृत्यु भएको हो । उनमा कोभिडसँगै निमोनिया र क्रोनिक मृगौला सम्बन्धी समस्या रहेको थियो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय २ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ३९ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १४ हजार ६०७ पुगेको छ ।

हाल प्रदेशभर ४५५ सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा २७५ परिक्षण भएको छ भने हालसम्म गण्डकीमा १ लाख २५ हजार ४० नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: