शव वाहान खरिदका लागि ५५ लाख सहयोग संकलन

Share:

लेखनाथ । विश्वमा फौलिएको कोरना भाईरसका कारण मानिसको जनजिवनमा परेको अब्ठारो अवस्थाबाट सृजित समस्यालाई ध्यानमा राखि गठन भएको परोपकार समन्वय सस्था कास्कीले अगाडी सारेको शव वाहान खरिदका लागि करिव ५५ लाख संकलन भएको छ ।

कोरना भाईरसका कारण रोजगारी गुमाएकाहरुका लागि भोजनको ब्यवस्थापनमा सरकारी प्रयासमा नागरिकको पनि सहयोग आवस्यक रहेको देखि वि स २०७७ साल भदौं २२ गते स्थापना भएको परोपकार समन्वय समितिले विपत ब्यवस्थापनमा सहयोग पुग्ने गरि आगाडी सारेको आर्थीक सहयोग संकलन अभियान अन्तरगत १३ औं श्रृखलासम्म आईपुग्दा करिव ५५ लाख संकलन भएको हो ।

पहिलो चरणमा नागरिक परोपकार समन्वय सस्था कास्कीले शववाहान खरिदका लागी सञ्चालन गरेको अर्थ संकलन अभियानको आईतवार पोखरा ३० को शिसुवामा आयोजित कार्यक्रममा स्थानिय समाजसेवी शिवराज न्यौपानेले १०लाख ५२ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए भने आईतबार मात्र करिव १५ लाख संकलन भएको बताईएको छ ।

कार्यक्रमलाई सम्बोधन पुर्व स्वास्थ्य मन्त्रि खगराज आधिकारीले मानिसलाई बाँचुञ्जेल जिवनका विभिन्न कालखण्डमा सम्मान गरेजस्तै मृत्यूपर्यन्त पनि सम्मानजनक अन्त्येष्टि गर्नु आवश्यकता, अधिकार र बाँच्नेहरुका लागी नैतिकताको कुरा भएको बताउँदै यस कार्यमा सवैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।

सामाजिक क्षेत्रको विकासका लागि राजनितीक भन्दा माथि उठेर अगाडी बढ्नु पर्ने सुझाव दिंदै पूर्वमन्त्रि अधिकारीले देशमा सृजित राजनितीक घटना क्रम र संसद विगठनका बारेमा नबुझिकन बकावका कुरा नगर्न आग्रह गर्दै अदालतको सम्मान गर्न समेत अनुरोध गरेका थिए ।

सोही अवसरमा रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले भौतिक विकासमात्र विकास नभई मानव संसाधनको विकास पनि विकासको अभिन्न अंग भएको बताउँदै मानिसलाई कसरी बचाउन सकिन्छ र मृत्युपर्यन्त पनि कसरी परम्परा संस्कार अनुसार लैजान सकिन्छ भन्नेतिर जानु पनि एक प्रकारको विकास भएको बताएका थिए ।

सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल, सहयोगदाता शिवराज न्यौपाने,भरतराज न्यौपाने,नेपाली काँग्रेसका नेता राजेन्द्रमणि लामिछाने,पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेल लगाएतले मानिसको मृत्युपश्चात गरिने संस्कारलाई समयानुकुल परिमार्जन एवं सहज बनाउने उद्धेश्यले सञ्चालन गरिएको यस अभियानमा सवैको साथ र सहयोग चाहिनेमा जोड दिएका थिए ।

सोही अवसरमा जिल्ला भित्र शव वाहानको अभावमा सर्वसाधारणहरुले दुःख पाउने गरेको र कोरोना महामारीका कारण उक्त समस्या झनै जटिल बन्दै गएकोले शववाहन खरिद गर्नका लागी अभियान थालिएको संस्थाका अध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए । अभियान मार्फत १ करोड रुपैंया संकलन गर्ने संस्थाको लक्ष्य रहेको र उक्त रकम मध्ये ४० लाख शव वाहन गरिद गर्न खर्च गरिने र ६० लाख शव वाहन सञ्चालनका लागि कोषको स्थापना गरिने ओझाले जानकारी दिए ।

संस्थाका आर्थिक उप–समितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले आर्थीक गतिविधीका बारेमा जानकारी दिएको कार्यक्रममा उपाध्यक्ष चिरञ्जिवी तिवारीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन सस्थाका सचिव रामराज अधिकारीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: