
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ९ करोड ९७ लाख ५५ हजार ७२१ पुगेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप ४ लाख ५५ हजार ५४९ संक्रमित थपिएका हुन् ।
यस्तै, गत २४ घण्टामा थप ९ हजार ५०६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख ३८ हजार ३४३ पुगेको छ ।
हालसम्म विश्वमा ७ करोड १७ लाख २७ हजार ६९७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ३ लाख ६९ हजार ४३६ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड ५८ लाख ८९ हजार ६८१ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १० हजार ३५४ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ५७ लाख २ हजार १२५ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ५४ लाख ९ हजार ६३९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख २९ हजार ४९० पुगेको छ ।
हाल अमेरिकामा ९८ लाख ६२ हजार ९९६ सक्रिय संक्रमित छन् । ती मध्ये २६ हजार ५४० गम्भिर बिरामी रहेका छन् ।
