
पोखरा । सोमबार पोखराका २२ सहित गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ५ वटा जिल्लाका २७ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै २२ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका २ जना तथा म्याग्दी, लमजुङ र पर्वतका १र१ जनामा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ४०१ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ४० जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १४ हजार ७५३ पुगेको छ ।
हाल प्रदेशभर ४४५ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ४१७ रहेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १८३ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २५ हजार ९७० नमुना परिक्षण भएको छ ।
