विश्वभर कोरोना संक्रमितको संख्या १० करोड १४ लाख नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या १० करोड १४ लाख नाघेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ५ लाख ९० हजार ७३२ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको कुल संख्या १० करोड १४ लाख १२ हजार १५० पुगेकोे छ ।

यस्तै, गत २४ घण्टामा १६ हजार ८५२ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख ८२ हजार ४३३ पुगेको छ ।

हालसम्म विश्वमा ७ करोड ३३ लाख ७ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ७० हजार २४ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड ५९ लाख २२ हजार २७४ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १० हजार २०४ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ६१ लाख ६६ हजार २०१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ५९ लाख ४२ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५१७ पुगेको छ ।

हाल अमेरिकामा ९७ लाख ८३ हजार ९२७ सक्रिय संक्रमित छन् । ती मध्ये २५ हजार ८४८ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: