
रेम बिक / पोखरा, १९ माघ | माया गर्ने जोडीहरुलाई लक्षित गर्दै हरेक वर्षको भ्यालेन्टाईनमा विग एफएमले गर्दै आएको ‘बेस्ट भ्यालेन्टाईन कपल स्पेशल गेम शो’को तेस्रो सिजन बुधबारबाट शुरु हुने भएको छ । एफएमले रेडियो गेम शोको बारेमा जानकारी दिएको हो ।
एफएमका अनुसार गेम शो १० दिनसम्म चल्नेछ । ‘दश दिनसम्म हामीले उत्कृष्ट दश जोडी छनौट गर्नेछौँ ।’ एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘फेब्रुअरी १४ अर्थात फागुन दुई गते भ्यालेन्टाईने डे कै दिन छनौट भएका उत्कृष्ट जोडीहरुमध्येबाट एउटा सर्वोत्कृष्ट जोडीलाई पुरस्कारको व्यवस्था समेत गरेका छौँ ।’
सर्वोत्कृष्ट जोडी छान्नका लागि युवा ज्योतिष हरिहर अधिकारी पोखरा आउने एफएमले जनाएको छ । दश दिनसम्म छानिएका उत्कृष्ट जोडीहरुमध्ये ज्योतिषी आधारमा केमेस्ट्रि मिलेको एक जोडीलाई सर्वोत्कृष्ट घोषित गरिनेछ । यसरी छानिएका सर्वोत्कृष्ट जोडीले नगद १५ हजार रुपैँया सहित विभिन्न भ्यालेन्टाईन गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै अन्य उत्कृष्ट जोडीहरुले पनि नगद एक हजार रुपैँया र भ्यालेन्टाईन गिफ्ट प्राप्त गर्ने एफएमले जनाएको छ ।
रेडियो गेम शो मा सहभागिताका लागि जोडीहरुले मोबाईल मेसेज बक्समा गई जोडीको नाम लेखेर ४३२१ मा पठाउनुपर्नेछ । ईभेन्टमा सहभागिताको लागि एफएमले लक्की ड्र मार्फत जोडीहरुको छनौट गर्नेछ ।
पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमको प्रस्तुतीमा हुने ईभेन्टलाई बेकन प्रिमियर ईन्टरनेशनल एजुकेशनले मुख्य प्रायोजन गरेको छ । कन्सल्टेन्सीले विद्यार्थीहरुलाई वैदेशिक अध्ययनका लागि परामर्श दिनुका साथै प्रोसेसिङको सेवा दिँदै आएको छ । विशेषगरि न्यूजिल्याण्ड, अष्ट्रेलिया, अमेरिका, यूके र क्यानडामा कन्सल्टेन्सीले विद्यार्थीहरुलाई अध्ययनको लागि पठाउँदै आएको छ ।

