आज निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग छलफल गर्दै

Share:

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गर्दैछ ।

आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर निर्वाचनसम्बन्धी छलफल गर्नका लागि बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।

आयोगले छलफलका लागि आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति पाँच–पाँच जनालाई बोलाएको छ ।

यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने निष्कर्ष निकालेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: