देशभर थप १५७ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

Share:

पोखरा । देशभर थप १५७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनससंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९ महिला र ९८ पुरुष गरी १५७ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।

हालसम्म नेपालमा २ लाख ६५ हजार ६९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट थप ३३३ जना निको भएका हुन् ।

हाल देशभर ३ हजार २२ संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा १११ जना छन् ।

मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार २२१ परिक्षण भएको छ भने हालसम्म २० लाख ६४ हजार ८१ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: