
पोखरा । देशभर थप १०९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनससंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ महिला र ६६ पुरुष गरी १०९ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २७ पुगेको छ ।
हालसम्म नेपालमा २ लाख ६६ हजार ४८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट थप ३५० जना निको भएका हुन् ।
हाल देशभर २ हजार ७७९ संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा १०९ जना छन् ।
मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ६१८ परिक्षण भएको छ भने हालसम्म २० लाख ६७ हजार ६९९ परिक्षण भएको छ ।
