
पोखरा । देशभर थप १४२ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ५२ महिला र ९० पुरुष गरी १४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।
तीमध्ये २ लाख ६७ हजार ६५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट थप २०६ जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा थप एक कोराना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ ।
हाल देशभर २ हजार ३३५ संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ९५ जना छन् ।
मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ५९७ परिक्षण भएको छ भने हालसम्म २० लाख ८१ हजार ६९५ परिक्षण भएको छ ।
