
काठमाडौँ । पश्चिम तथा पहाडी क्षेत्रको मौसम बिहीबार आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको प्रभाव रहेकाले मौसम प्रभावित भएको हो ।
अहिले बिहान सुदूरपश्चिम प्रदेशमा आशिंकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा आशिंक बदली रहेको छ।
बिहीबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ । साथै अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना पनि छ ।
यस्तै, राति सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना समेत रहेको छ।
