भारतमा १२ हजार ९१७ कोरोना संक्रमित थपिए

Share:

पोखरा । भारतमा गत २४ घण्टामा १२ हजार ९१७ जना कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ९१ हजार १२३ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १०७ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ७४२ पुगेको छ ।

हालसम्म भारतमा १ करोड ४ लाख ७९ हजार ५०८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १७ हजार ८०२ जना निको भएका हुन् ।

हाल भारतमा १ लाख ५६ हजार ८७३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: