
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज (शुक्रबार) काठमाडौँमा ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ ।
शुक्रबार दिउँसो नारायणहिटी संग्रहालयअगाडि हुने शक्ति प्रदर्शन (जनसभा)मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नेछन्।
सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ।
पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि सत्तारूढ दल आगामी वैशाख १७ र २७ मा घोषित मध्यावधि चुनावलाई केन्द्रित गर्दै शक्ति प्रदर्शनमा उत्रिएको छ ।
नेकपाकै प्रचण्ड–माधव समूहले ओलीले प्रतिगामी कदम चालेको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सडक संघर्षमा छ । प्रचण्ड–माधव समूहले काठमाडौँमै बृहतसभा पनि गरिएको थियो।
