भारतमा थप ११ हजार ६८९ जनामा कोरोना पुष्टि

Share:

पोखरा । भारतमा थप ११ हजार ६८९ जनामा कोरोना (कोभिड–१९) पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ८ लाख १५ हजार २२२ पुगेको हो ।

तीमध्ये १ करोड ५ लाख ९ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १४ हजार ३८९ जना निको भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ९४ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ९५६ पुगेको छ ।

हाल भारतमा १ लाख ५० हजार ४७६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: