विश्वभर १० करोड ७८ लाख बढीमा कोरोना संक्रमण, २३ लाख ६३ हजारको मृत्यु

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या १० करोड ७८ लाख ३६ हजार ३०३ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ४ लाख ३७ हजार ७८० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, गत २४ घण्टामा १४ हजार १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ६३ हजार ४५९ पुगेको छ ।

हालसम्म विश्वभर ७ करोड ९९ लाख ९० हजार ४२४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ५ लाख २७ हजार ३२३ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड ५४ लाख ८२ हजार ४२० सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १ हजार ४८९ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ७८ लाख ९७ हजार २१४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ७८ लाख २७ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार २०० पुगेको छ ।

हाल अमेरिकामा ९५ लाख ८६ हजार ६९१ सक्रिय संक्रमित छन् । ती मध्ये २१ हजार १८ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: