आज भ्यालेन्टाइन डे, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

Share:

पोखरा । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे मनाइँदै छ । हरेक फेब्रुअरी १४ तारिखमा यो दिवस नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाउने गरिन्छ ।

यो दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।

प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने यो दिवसमा प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया साट्ने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजकै दिन आफूलाई मन परेको व्यक्तिलाई उपहार दिने चलन पनि छ ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: