
पोखरा । पोखराका ३८ सहित आइतबार गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका ४३ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ३८ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, तनहुँ र बाग्लुङका २/२ जना तथा गोरखाका एक जनामा पनि कोरोना देखिएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का ७८ वर्षीय पुरुष, वडा नं.२ का ५१ वर्षीय पुरुष तथा १९ वर्षीया महिला, वडा नं.४ का ३५ र ५२ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, वडा नं.५ का ५० वर्षीय पुरुष, वडा नं.७ का १४ वर्षीय दुई बालक सहित ३५ र ७९ वर्षीय पुरुष तथा २५ वर्षीया महिला, वडा नं.८ का २७, २९, ४५ र ७६ वर्षीय पुरुष तथा ४१ र ५० वर्षीया महिला, वडा नं.९ की ३१ वर्षीया महिला, वडा नं.१० का १७, ६० र ४७ वर्षीय पुरुष तथा २० र ४१ वर्षीया महिला, वडा नं.११ का ७० वर्षीय पुरुष तथा ६७ वर्षीया महिला, वडा नं.१२ की २९ वर्षीया महिला, वडा नं.१३ की ४७ वर्षीया महिला, वडा नं.१४ का ५६ र ५७ वर्षीय पुरुष तथा ५२ वर्षीया महिला, वडा नं.१५ का ६३ वर्षीय पुरुष तथा ७५ वर्षीया महिला, वडा नं.१७ का ४१ वर्षीय पुरुष, वडा नं.१९ का ८१ वर्षीय पुरुष तथा ७० वर्षीया महिला, वडा नं.३२ की ५५ वर्षीया महिला र वडा नं.३३ का ३० वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
तनहुँ शुक्लागण्डकी वडा नं. ५ का ७० वर्षीय पुरुष, वडा नं.९ का २२ वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ३ का ५२ वर्षीय पुरुष, बुर्तिबाङ वडा नं.२ का ५९ वर्षीय पुरुष एवं गोरखाको गोरखा नगरपालिका वडा नं.१ का ४१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ८२० पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ३४६ पुगेको छ ।
हाल प्रदेशभर २७१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २६२ जना रहेका छन् ।
हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट २०३ जनाको भने मृत्यु भइसकेको छ ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १६७ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २८ हजार ८२७ नमुना परिक्षण भएको छ ।
