
पोखरा । देशभर थप १२२ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ४२ महिला र ८० पुरुष गरी १२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।
हालसम्म नेपालमा २ लाख ६९ हजार २०४ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि देशभरबाट थप १४४ जना निको भएका छन् ।
अहिले देशभर १ हजार ५८१ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ७९ जना छन् ।
मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ५४१ परिक्षण भएको छ भने हालसम्म २१ लाख २० हजार ५९१ परिक्षण भएको छ ।
