गण्डकीमा बिहीबार थप २२ जनामा कोरोना संक्रमण, एकको मृत्यु पुष्टि

Share:

पोखरा । पोखराका १९ सहित बिहीबार गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ वटा जिल्लाका २२ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै १९ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, लमजुङ र नवलपुरका एकएक जनामा पनि कोरोना देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ३ का ३९ वर्षीया महिला, वडा नं.५ का ५५ वर्षीय पुरुष तथा ३४ र ५४ वर्षीया महिला, वडा नं.६ का ३४ वर्षीय पुरुष तथा ५१ र ६६ वर्षीया महिला, वडा नं.८ का ७०, ३२ र ७७ वर्षीय पुरुष तथा ६७ वर्षीया महिला, वडा नं. ९ का ३५ वर्षीय पुरुष, वडा नं.११ का २७ वर्षीय पुरुष, वडा नं.१४ की ६२ वर्षीया महिला, वडा नं.१६ की ३२ वर्षीया महिला, वडा नं.१७ का ३० र ४९ वर्षीय पुरुष तथा २९ वर्षीया महिला र वडा नं.३० का ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।

लमजुङ सुन्दरबजार वडा नं.६ की ४८ वर्षीया महिला, वडा नं.९ की २७ वर्षीया महिला एवं नवलपुर बिनयत्रीवेणी वडा नं.२ की ४२ वर्षीया महिलामा पनि कोरोना देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ८८५ पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट पोखरामा थप एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं.–११ निवासी ७१ वर्षीय पुरुष रहेका छन् ।

गत माघ २९ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका ती पुरुषको बुधबार राति १०ः४७ बजे मृत्यु भएको हो ।

योसहित, गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०५ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ४१८ पुगेको छ ।

हाल प्रदेशभर २६२ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २३६ जना रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १५८ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २९ हजार ५०५ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: