
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या ११ करोड ८ लाख २३ हजार ४४३ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ३ लाख ९८ हजार २६८ संक्रमित थपिएका हुन् ।
यस्तै, गत २४ घण्टामा ११ हजार ४९७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २४ लाख ५१ हजार ४०८ पुगेको छ ।
हालसम्म विश्वभर ८ करोड ५७ लाख ६७ हजार १ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ४ लाख ४३ हजार ९१० जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड २६ लाख ५ हजार ३४ सक्रिय संक्रमित छन् । ती मध्ये ९५ हजार ५२९ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ८५ लाख २३ हजार ५२४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ८७ लाख ३ हजार ४२१ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ५ हजार ३०९ पुगेको छ ।
हाल अमेरिकामा ९३ लाख १४ हजार ७९४ सक्रिय संक्रमित छन् । ती मध्ये १८ हजार १२१ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।
