नेकपा ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै

723
0
Share:

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ ।

विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उपस्थित हुने आकलन गरिएको छ ।

आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्नेछन् ।

आमसभा अघि विभिन्न ६ स्थानबाट -याली निस्कने छन् ।

विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोलालगायतका स्थानबाट ११ बजे -याली निसक्नेछन् । -याली १२ बजेसम्म सभास्थलमा पुग्नेछन् । सवा १२ बजेबाट कार्यक्रम सुरू हुने जनाइएको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित छ । प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम गरिरहेको छ । साथै नागरिक समाज पनि आन्दोलनमा छ । भने ओली समूह वैशाखमा मध्यावधि चुनाव घोषणा भइसकेकाले चुनावमा जानुको विकल्प नभएको भन्दै शक्ति प्रदर्शनमा लागेको छ ।

कमेन्ट गर्नुहोस्
Share: