१० लाख डोज कोभिशिल्ड खोप आज नेपाल आइपुग्ने

Share:

काठमाडौँ । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोपको १० लाख डोज आज आइतबार काठमाडौँ आइपुग्ने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीबाट एयर इन्डियाको विमान मार्फत दिउँसो साढे १ बजे खोपको १० लाख डोज आइपुग्ने छ ।

फागुन ५ गते भारतको खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमति भए अनुसार आइतबार १० लाख डोज खोप आउन लागेको हो । यसअघि गएको माघ ८ गते नेपालले यही खोप भारत सरकारबाट अनुदानस्वरूप पाएको थियो ।

अब उक्त खोप फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ ।

खोप टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरी त्यहाँबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने छ ।

कमेन्ट गर्नुहोस्
Share: