पोखरा २१ मा राष्ट्रिय युवा संघको शक्ति प्रदशर्न

Share:

पोखरा । राष्ट्रिय युवा संघ पोखरा २१ कमिटीकोे युवा जागरण अभियन अन्र्तगत बृहत युवा विधार्थी भेला तथा मोटर साइकल -याली सम्पन्न गरेको छ ।

न्याय प्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काधँमा भन्ने मुल नाराका साथ आयोजिक कार्यक्रममा बोल्दै युवा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश सह– इन्चार्ज तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले हामी नेतृत्व हस्तान्तरणका लागि आतुर रहेको बताउदै युवा जिम्मेवारी लिन तयार हुनुपर्ने बताए ।

भने कार्यक्रममा अर्का वक्ता तथा नेपाल कम्युनिष्ट पार्टीका य्वा नेता झपट रानाभाटले पोखरा २१ कम्युनिष्ट आधार किल्ला भएको बताउदै यहाँको कम्युनिष्ट संगठन कसैले चोइट्याउन र फुटाउन नसक्ने बताए ।

कार्यक्रममा युवा संघ कास्की इन्चार्ज तथा युवा संघ केन्द्रिय सदस्य बिष्णु पून नेपाल कम्युनिष्ट पार्टी पोखरा २१ का वडा कमिटी अध्यक्ष कृष्ण थापा मगर, वडा अध्यक्ष खगराज आचार्य, युवा नेता दिपक प्रसाद सुवेदी, रविन सुवेदी लगायतले गरेका थिए भने कार्यक्रमको सञ्चालन युवा संघ नेता हेमराज अधिकारीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: