
पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालले पत्रकार महिला सम्मान पुरस्कार–२०७७ का लागि प्रतिभा चयन समिति गठन गरेको छ ।
सो पुरस्कारबाट पूर्व सम्मानित पत्रकार शान्ति राणाको संयोजकत्वमा गठित समितिमा पूर्व सम्मानित मनिता चामलिङ (धरान) र ईश्वरी पौडेल (कास्की) सदस्य रहेका छन् ।
समितिको आइतवार बसेको बैठकले प्रस्ताव आह्वानका लागि सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको संयोजक राणाले बताइन् ।
स्वतन्त्र पत्रकार संघ नेपालले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कारको राशी पाँच हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
संघले रु २५ हजार राशीको सामाजिक पत्रकारिता पुरस्कारसमेत सञ्चालन गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
