
पोखरा । देशभर थप ११२ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ४४ महिला र ६८ पुरुष गरी ११२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ ।
तीमध्य नेपालमा २ लाख ७० हजार २७७ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि देशभरबाट थप ५४ जना निको भएका छन् ।
यस्तै, गत २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७७१ पुगेको छ ।
अहिले देशभर ९३६ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ७१ जना छन् ।
मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ९४४ परिक्षण भएको छ भने हालसम्म २१ लाख ५७ हजार ५८० परिक्षण भएको छ ।

