मन्त्रिपरिषदको निर्णयः २३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस

522
0
Share:

काठमाडौँ । मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन निर्देशनात्मक फैसला सुनाएको थियो।

कमेन्ट गर्नुहोस्
Share: