
पोखरा । छिमेकी देश भारतमा थप १६ हजार ५६ जनामा कोरोना (कोभिड–१९) पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १० लाख ७९ हजार ९४ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।
तीमध्ये १ करोड ७ लाख ६१ हजार १३९ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १२ हजार ३८० जना निको भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १०९ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ९७० पुगेको छ ।
हाल भारतमा १ लाख ६० हजार ९८५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
कमेन्ट गर्नुहोस्
