
पोखरा २४ माघ । नेपाल पुलिस क्लब पोखरामा जारी १३ औं आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रबेश गरेको छ । आज भएको खेलमा नवजनजागृति क्लब सिमरालाई १ ० ले हराउदै पुलिस अन्तिम चारको पुगेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा खेलेको पुलिसलाई जिताउन भरत शाहले ७४ औं मिनेटमा गरेको एक मात्र गोलनै निर्णायक बन्यो । आहा गोल्डकपको ईतिहासमा ८ पटक फाईनलमा पुगेको पुलिस यसअघि ५ ओटा संस्करणको बिजेता टिम हो भने ३ ओटा संस्करणको उपबिजेता टिम हो ।
क्याराभान गोल्डकपदेखि उपाधि यात्रा थालेको पुलिसले पहिलो, छैटौ, सातौ र आठौ संस्करणको उपाधि उचालेको थियो भने दोस्रो, तेस्रो, चौथो संस्करणमा उपबिजेतामा सिमित भएको थियो ।
पुलिसले यहि माघ ३ गते पोखरा रंगशालामै सम्पन्न मनकामना केबुलकार पोखरा कपको उपाधि जितेको थियो । आजको बिजेता पुलिसले सेमिफाईनलमा झापा–११ र थ्रिस्टार क्लब बिचको बिजेतासंग प्रतिश्पर्धा गर्नेछ ।
