
पोखरा । देशभर थप ८१ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ३५ महिला र ४६ पुरुष गरी ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७७३ पुगेको छ ।
हालसम्म नेपालमा २ लाख ७० हजार ३२५ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि देशभरबाट थप ४८ जना निको भएका छन् ।
अहिले देशभर ९६७ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६२ जना छन् ।
मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार ८२४ परिक्षण भएको छ भने हालसम्म २१ लाख ६० हजार ४०४ परिक्षण भएको छ ।
