
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या ११ करोड ४३ लाख ६५ हजार ५४३ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ३ लाख ८७ हजार ६९७ संक्रमित थपिएका हुन् ।
यस्तै, गत २४ घण्टामा ८ हजार ४८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ३६ हजार ७०३ पुगेको छ ।
हालसम्म विश्वभर ८ करोड ९९ लाख २० हजार ८६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ७६ हजार ३७७ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड १९ लाख ७ हजार ९७१ सक्रिय संक्रमित छन् । ती मध्ये ९० हजार २९६ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ९२ लाख २ हजार ८२४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ९६ लाख ३२ हजार ५२३ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ६६९ पुगेको छ ।
हाल अमेरिकामा ९० लाख ४५ हजार ६३२ सक्रिय संक्रमित छन् । ती मध्ये १५ हजार ८४ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।
