प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलन्यास

Share:

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गरेका छन् । पोखराको नदीपुरमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठानको सोमबार प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।

३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागत अनुमान गरिएको प्रतिष्ठानको भवन चारतले हुने छ ।

४ हजार ९ सय ६४ वर्गमिटर क्षेत्रफलमा बन्न लागेको भवनमा व्यवस्थित पार्किङ, मल्टिपल मिटिङ हल, क्लास रुम, डाइनिङ हलसहित ३३ कोठा हुने छन् । भवनको डिजाइन स्केल आर्किटेक्ट प्रालिले गरेको हो ।

प्रदेश र स्थानीय तहका सरकारी र सार्वजनिक संस्थाका कर्मचारीहरुको क्षमता विकास र कार्यसम्पादनमा सहयोग गर्न गण्डकी प्रदेश सरकारले प्रतिष्ठानले गठन गरेको हो।

कमेन्ट गर्नुहोस्
Share: