भारतमा कोरोना संक्रमितको संख्या १ करोड १२ लाख नाघ्यो

Share:

पोखरा । भारतमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १ करोड १२ लाख नाघेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप १८ हजार ७१६ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १२ लाख १० हजार ५८० पुगेको छ ।

तीमध्ये १ करोड ८ लाख ६६ हजार ५३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि भारतमा थप १४ हजार ३६२ जना निको भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ९८ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ७९१ पुगेको छ ।

हाल भारतमा १ लाख ८६ हजार २५३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: