एकीकृत नेकपा बदर फैसला निर्वाचन आयोगमा दर्ता

517
0
Share:

काठमाडौँ । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता बदर गर्ने सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) नाम गरेको पार्टीसँग नाम मिल्ने गरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता गर्ने निर्वाचन आयोगको २०७५ जेठ २३ र २०७५ कात्तिक ९ गते भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी सर्वोच्च अदालतको फैसला आइतबार दर्ता नं. १०१४ मा दर्ता भएको छ ।

‘सर्वोच्च अदालतको आदेश एवम् फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टीसँग मिल्ने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने यसअघिको निर्णय बदर भएको जानकारी कार्यालय समयमा नै प्राप्त भएको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: