धुम्बाराहीमा राखियो एमालेको बोर्ड

400
0
Share:

काठमाडौँ। नेकपा एमालेले पार्टी कार्यालय धुम्बाराहीमा आज पार्टीको बोर्ड राखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ ।

आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिंदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । यसलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको थियो ।

२०७५ सालको जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । आफूले पहिले नै दर्ता गरिसकेको नाममा फेरि अर्को पार्टी दर्ता भएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: