विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड ८१ लाख नाघ्यो, अमेरिकामा मात्रै २ करोड ९८ लाखमा संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ११ करोड ८१ लाख नाघेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ३ लाख ८८ हजार ५५७ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको कुल संख्या ११ करोड ८१ लाख ४६ हजार ५९६ पुगेको हो ।

ती मध्ये ९ करोड ३८ लाख ३४ हजार ७५२ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ४ लाख १ हजार ७१३ जना निको भएका हुन् ।

गत २४ घण्टामा ८ हजार ९७० जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २६ लाख २१ हजार १६२ पुगेको छ ।

हाल विश्वभर २ करोड १६ लाख ९० हजार ६८२ सक्रिय संक्रमित छन् । ती मध्ये ८९ हजार ७२३ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ९८ लाख १ हजार ५०६ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ५ लाख ४९ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ४० हजार ५७४ पुगेको छ ।

हाल अमेरिकामा ८७ लाख ११ हजार २५४ सक्रिय संक्रमित छन् । ती मध्ये १२ हजार ७१५ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: