प्रतिनिधिसभाको बैठक आज बस्दै

359
0
Share:

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दै छ । बैठकको सम्भावित कार्यसूचीमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख छ ।

यस्तै, सोमबारको बैठकमा पेस भएर पारित हुन नसकेका विधेयकहरु बुधबारको बैठकमा पनि पेस हुने संसद सचिवालयले जनाएको छ ।

सोमबारको बैठकमा विपक्षी दलहरुको विरोधका बाबजुद संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस भएको थियो । सो विधेयक संविधानसँग बाझिएको भन्दै संसदबाट पारित गर्न नदिने रणनीति विपक्षी दलहरुले बनाएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपासहितका सांसदहरुले अध्यादेश संविधानसँग बाझिएको भन्दै यसअघि नै विरोधको सूचना दर्ता गराएका छन् ।

यसअघि गएको फागुन २३ गतेको बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत दलका सांसदले विरोध जनाएपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: