भारतमा थप २१ हजार ६६८ जनामा कोरोना पुष्टि

Share:

पोखरा । छिमेकी देश भारतमा थप २१ हजार ६६८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १३ लाख ५ हजार ९७९ पुगेको छ ।

तीमध्ये १ करोड ९ लाख ४७ हजार २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि भारतमा थप ११ हजार ४४९ जना निको भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ११३ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ३२६ पुगेको छ ।

हाल भारतमा २ लाख ४०१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: